एमालेको संसदीय दलको बैठक आज शनिबार बानेश्वरमा बस्ने
नेकपा एमालेले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो २ बजेदेखि संसदीय दलको बैठक बोलाएको छ। प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिने र संसदमा पार्टीको भूमिकाबारे छलफल गर्ने छन्।