मधेस प्रदेशमा एकैपटक १ हजार ८० कैदी फरार
मधेस प्रदेशका विभिन्न जेलबाट १ हजार ८० कैदी र बाल सुधारगृहका ६८ बालक फरार भएका छन्। प्रहरीका अनुसार फरारमध्ये अधिकांश लागुऔषध, हत्या र बलात्कारजस्ता जघन्य अपराधमा संलग्न थिए।
मधेस प्रदेशका विभिन्न जेलबाट १ हजार ८० कैदी र बाल सुधारगृहका ६८ बालक फरार भएका छन्। प्रहरीका अनुसार फरारमध्ये अधिकांश लागुऔषध, हत्या र बलात्कारजस्ता जघन्य अपराधमा संलग्न थिए।
रामगोपालपुर न.पा.का–२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार जलेश्वर–बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका–८ स्थित कलभर्ट छेउमा आज आइतबारस बिहान उनी मृत फेला परेका हुन् ।
महोत्तरीमा नवविवाहिता रिना देवी रायको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको निहुँमा हत्या भएको दाबी गरेका छन्।
महोत्तरीको रातुखोलामा क्रसर उद्योगले बनाएको खाडलमा डुबेर १३ वर्षीय बालक रिदम विश्वकर्माको मृत्यु भएको छ। पौडी खेल्न गएका बालक घर नफर्किएपछि खोजतलास गर्दा मृत अवस्थामा भेटिएका हुन्। क्रसर उद्योगले मापदण्डविपरीत २० फिटमाथिका खाल्डा बनाएको क्षेत्रमा वर्षाको पानी जमेर पोखरी बनेको थियो। यसअघि पनि यस्तै खाडलमा एक १६ वर्षीय युवकको ज्यान गएको थियो।
महोत्तरीमा लागुपदार्थ दुव्र्यसन र कारोबारमा धेरैजसो युवा पुस्ताको संलग्नता रहेको पाइएको छ। प्रहरीको भनाइ अनुसार, अधिकांश पक्राउ परेकाहरू २० देखि ३० वर्ष उमेर समूहका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले टुटेश्वरनाथ महादेव मन्दिरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने घोषणा गरेका छन्। धार्मिक, सांस्कृतिक, र ऐतिहासिक महत्वको यस मन्दिरको पूर्वाधार विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विशेष पहल गर्ने प्रतिबद्धता प्रकट गरेका छन्।
महोत्तरीबाट पूर्व प्रदेश सांसद कौशल कुमार यादवको पक्राउमा सम्बन्धित समाचारमा थप जानकारी उपलब्ध गराइएको छ।
महोत्तरी जिल्लामा एउटा दुखद दुर्घटना घटेको छ । महोत्तरीमा मोटरसाइकलको ठक्करबाट दुर्घटना वृद्ध साइकल यात्रीको ज्यान गएको छ। बर्दिवास-जलेश्वर सडक खण्डमा पर्ने औरही नगरपालिका-१ को औरही बजार चोकभन्दा करिब १५० मिटर उत्तरमा यो दुर्घटना भएको हो। ज १२ प ८८३५ नम्बरको मोटरसाइकलले तीव्र गतिमा साइकल यात्रीलाई ठक्कर दिँदा ७० वर्षीय इस्लाम अन्सारीको मृत्यु भएको हो।साइकल…
मिथिला क्षेत्रमा धूमधामका साथ जानकी नवमी पर्व मनाइँदै, विशेष धार्मिक अनुष्ठान सम्पन्न