देशभर मनसुनको असर, पहिरो र बाढीको जोखिम बढ्यो
देशभर मनसुन सक्रिय रहँदा विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पहिरो, गेग्रान बहाव र नदीको सतह बढ्न सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार पर्सामा आजसम्म ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यो वर्ष मनसुन चाँडो भित्रिएको र भारतीय पक्षले गण्डक नहरबाट पानी उपलब्ध गराएकाले रोपाइँले गति लिएको छ। पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन धान उत्पादन भएको थियो। कार्यालय प्रमुख मुनिलाल प्रसादका अनुसार, यसपालि अगहनी धानको उत्पादन बढ्ने सम्भावना छ। मधेश प्रदेशमा भने हालसम्म २५ दशमलव ५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।
नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले कनकाई-३ सुरुङ्गास्थित पशुपति इङलिस सेकेन्डरी स्कुलका विद्यार्थीहरुलाई विपद व्यवस्थापन र सर्पदंश सम्बन्धी जानकारी दिने कार्यक्रम सम्पन्न गरेको छ। मनसुनको सुरुवातसँगै विद्यालयमा ३०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न अभ्यास र प्रशिक्षण गराइएको थियो।