जावलाखेलमा बेहोस भेटिएका दम्पतीको मृत्यु
जावलाखेलमा बेहोस अवस्थामा भेटिएका २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती रेणु सेन्चुरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नरेश सुवेदीले उनीहरूलाई पाटन अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए। मृतक दम्पतीको कोठामा झोलिलो पदार्थ रहेको बोतल भेटिएको छ, जसको रिपोर्ट पोस्टमार्टम पछि आउनेछ।