त्रिभुवन विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख दिने सर्लाहीका एकसहित १८ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास यात्रुलाई हैरानी दिने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख दिने व्यक्तिहरूमाथि निगरानीका क्रममा गएराति उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका राजकुमार राई, सर्लाहीका सूर्य माझी, मकवानपुरका मंगलमान घलान, विश्व मोक्तान र अजय लामा, बाँकेका एकेश तामाङ, पाँचथरका प्रेमकुमार मगर र खगेन्द्र लिम्बू, मोरङका आशिष खतिवडा, धनुषाका वीरेन्द्र झा तथा सिरहाका लडा
मिया रहेका छन्।

यसैगरी मोरङका पर्शुराम राई, धनुषाका रघुवीर साह, महोत्तरीका सरोजकुमार महतो, रामेछापका सन्तु तामाङ, बझाङका रामप्रसाद जोशी र विमलराज जोशी पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूले यात्रुलाई जबरजस्ती तान्ने, प्रलोभनमा पारेर आफू आबद्ध होटलमा लैजाने, होटल र यात्रु दुवैबाट कमिसन असुल्ने तथा अभद्र व्यवहार गर्ने जस्ता गतिविधि गर्दै आएका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *