सर्लाहीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

सर्लाही । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-५ स्थित हुलाकी सडक खण्डमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एमएच ०४ डीजी  १२९७  नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आइरहेको प्र-३-०३-००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

राति करिब ८ बजे भएको दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पर्सा सर्लाहीबाट प्रहरी नायब निरीक्षक शम्भु यादवको कमान्डमा ३ जना, प्रहरी चौकी त्रिभुवननगर सर्लाहीबाट प्रहरी बल नायब निरीक्षक दिपेन्द्र बहादुर मल्लको कमान्डमा ४ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीको कमान्डमा ७ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

घाइतेहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।

दुर्घटनामा परेका घाइते तथा मृतकहरू :

१. अंकित चौधरी (२३), मोटरसाइकल चालक : ब्रहम्पुरी गाउँपालिका(२, ब्रहम्पुरीका दिलीप चौधरीका छोरा अंकितको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो। उनको अवस्था गम्भीर रहेकाले राति १० बजे जनकपुरको न्युरो अस्पतालमा रिफर गरिएको थियो। थप उपचारका क्रममा राति ११स्४५ बजे राम जानकी अस्पताल जनकपुरमा उनको मृत्यु भएको हो ।

२. शिव शंकर पण्डित (२३), मोटरसाइकलको पछाडि सवारस् ब्रहम्पुरीका वैद्यनाथ पण्डितका छोरा शिव शंकरको देब्रे हात र दुवै खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र राति साढे ९ बजे थप उपचारका लागि बाराको एलएस न्युरो अस्पतालमा रिफर गरिएको छ ।

३. रोहित सहनी (२५), मोटरसाइकलको बीचमा सवार : ब्रहम्पुरीका रामप्रीत सहनीका छोरा रोहितको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो। उनको राति १०स्२० बजे मृत्यु भएको र शव प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

प्रहरीका अनुसार, दुर्घटनास्थल प्रहरी चौकी पर्सा सर्लाहीबाट करिब २ किलोमिटर पश्चिममा पर्छ । दुर्घटनापछि स्कारपियो चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको छ । राति ११ बजे स्कारपियो गाडी र मोटरसाइकल दुवैलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा लिइएको छ ।

मृतक अंकित चौधरीको शव राति १ः४० बजे प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *