२०८२ साल असोज १० गते शुक्रबारको राशिफल

२०८२ साल असोज १० गते शुक्रबारको राशिफल :

मेष- भाग्यले साथ दिएको छ। प्रशस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंगमा रमाइनेछ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै लाभ हुनेछ। नउठ्ने पैसा पनि उठ्ने दिन छ।

वृष– फलदायक समय छ। कमाइ बढ्नाले मन प्रशन्‍न रहने छ। सन्तानबाट पनि सुखको समाचार आउला। आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ। साथीभाइले काममा सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। सामान्यतया दिन एकदम राम्रो छ।

मिथुन- आर्थिक पक्ष ठीकै भए पनि झगडा र डरको सम्भावना छ। हातहतियारबाट जोगिनु होला। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। प्रयास गरे पनि सफलता हात लाग्‍ने बेलामा वादविवाद हुन सक्छ। कसैसँग बढी रिस पनि उठ्ला।

कर्कट- साथीभाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउलाजस्तो छ। दिन सामान्य छ। काममा मन नजानाले कामहरू अधुरै रहने सम्भावना छ। मान-सम्मानमा आघात पर्ने देखिन्छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। जागिरमा पनि समस्या हुने दिन छ।

सिंह- मनमा शान्ति मिल्नुका साथै बौद्धिक कार्यहरू सफल हुनेछन्। पढाइमा पनि प्रगति होला। चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ। वैवाहिक जीवन सुखी रहने छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्नेछ।

कन्या- तपाईंलाई अरूले बढी विश्‍वास गर्ने समय छ। पे्रममा सुखद मिलन हुनेछ। प्रयत्‍न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। परिवारबाट टाढा बस्‍नुपर्नेछ। साहित्यिक कार्यमा मन जानेछ। टाढाको यात्राबाट धन लाभ होला।

तुला- सुखबाट टाढा हुनुपर्ने समय छ। गरेका काममा सफलता नमिल्ने देखिन्छ। अनावश्यक ठाउँमा धन नाश होला। स्वास्थ्यले साथ नदिन सक्छ। पीडा दिनेहरू सक्रिय रहन सक्छन्।

वृश्‍चिक- आँटेको काम पूरा हुने समय छ। धन लाभ पनि होला। सजिलै कामहरू बन्‍नेछन्। आर्थिक लाभ हुने समय छ। अनायासै ठीक निर्णय हुनेछ।

धनु- अनुकुल समय छ। व्यापार व्यवशायमा उन्‍नति हुनेछ। आत्मविश्‍वास र पराक्रममा वृद्धि भई धनलाभ हुनेछ। आँटे-गरेको काममा सफलता मिल्नुका साथै आर्थिक फाइदा भई मन हर्षित हुनेछ। मनोरञ्‍जनको समय छ।

मकर- आज मानसिक सन्तुष्‍टि मिल्ने छ। आर्थिक काम बन्‍नेछ। यात्राको योग छ। घरायसी समस्याले सताउने छ।

कुम्भ- खर्च बढ्ने र मन द्विविधाग्रस्त रहने योग छ। निको भइसकेको रोगले पुनः सताउन सक्छ। व्यक्तिगत काममा समय र धन खर्च हुनेछ। काममा बिघ्नबाधा आइलाग्‍न सक्छन्। भौतिक साधनको पनि क्षति हुन सक्छ।

मीन- व्यावहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरू पनि बन्‍नेछन्। आज आलस्यले भने सताउला। नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला। तपाईंले अरूलाई गर्नु भएको बाचा पूरा हुने दिन छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *