उदयपुरमा एक छात्रा विद्यालयमै बलात्कृत, प्रधानाध्यापक पक्राउ

लालबन्दी : उदयपुरमा एक छात्रा विद्यालयमै बलात्कृत भएकी छिन्।

बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा विद्यालयमै जबरजस्ती करणीको आरोपमा प्रहरीले प्रधानाध्यापकलाई पक्राउ जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार ४७ वर्षीय प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १०:४५ बजे आफ्नै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लिखित उजुरी दिएकी थिइन्।

उजुरी दर्ता भएलगत्तै श्रेष्ठलाई पक्राउ गरी उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जानाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *