वडाध्यक्षलाई पदबाट हटाउने निर्णयमा घोराही उपमहानगरलाई कारण देखाउ आदेश

News Summary

Generated by OK AI. Editorially reviewed.

  • उच्च अदालत तुलसीपुरले दाङको घोराही उपमहानगरपालिका-८ का वडाअध्यक्ष जितेन्द्र शाहको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
  • अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाई भदौ १८ गते तोकेको छ।
  • शाहले आफूलाई कानूनी प्रक्रिया पूरा नगरी पदबाट हटाइएपछि पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेका थिए।

९ भदौ, बुटवल । दाङको घोराही उपमहानगरपालिका-८ का वडाअध्यक्ष जितेन्द्र शाहले आफूलाई अन्यायपूर्वक पदबाट हटाएको विषयमा दायर गरेको रिटमा उच्च अदालत तुलसीपुरले कारण देखाउ आदेश जारी गरेको छ ।

अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाई भदौ १८ गते तोकेको छ । शाहले गत शुक्रबार अदालतमा रिट दर्ता गरेका थिए ।

मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलाशले उपमहानगरलाई कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई अर्को पेशीमा बोलाएको छ ।

वडाध्यक्षबाट हटाइएका शाहले आफूलाई एक पटक पनि सफाईको मौका नदिई राजीनामा दिएको दुई वर्षपछि राजीनामा स्वीकृत गरेको जनाउँदै कानूनी प्रक्रिया पूरा नगरी पदबाट हटाई कार्यवाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरी पूर्ववत: जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेका थिए ।

घोराहीका नगरप्रमुख नरुलाल चौधरी र वडाध्यक्ष शाह दुवैजना नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *