काठमाडौँमा १५ महिने बालिका बलात्कृत

काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा १५ महिने बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ घर भएका गोलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

पीडित बालिका उनकी २८ वर्षीया आमासँग गोठाटारमा डेरामा बस्थिन् । गोठाटारमा बस्दै आएका गोलेले ती बालिकालाई आफ्नो डेरामा लगेर भदौ २ मा जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको छ । आरोपी विरुद्ध अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *