चार संसदीय समितिको बैठक आज बस्दै

चार संसदीय समितिको बैठक आज बस्दै

२१ साउन, काठमाडौं — आज चारवटा संसदीय समितिको बैठक बस्दैछ, जसमा समसामयिक विधेयक र राष्ट्रिय महत्वका विषयमा छलफल गरिनेछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’बारे समसामयिक छलफल गर्ने कार्यसूची तय गरेको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुनेछ। विधायन व्यवस्थापन समितिले ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्नेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’ उपर छलफल गर्ने तयारी गरेको छ।

संसदमा प्रस्तुत विभिन्न विधेयक र नीतिगत प्रतिवेदनलाई परिष्कृत गर्दै अघि बढाउन आजको बैठक निर्णायक हुने देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *