लालबन्दीमा ५ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ, एक फरार

लालबन्दीमा ५ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ, एक फरार

लालबन्दी, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१५ स्थित बोहोरे डाँडामा प्रहरीले मंगलबार अपराह्न चेकजाँचका क्रममा पाँच किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ भने अर्का एक व्यक्ति भाग्न सफल भएका छन्।

अस्थायी प्रहरी पोस्ट परवानीपुरबाट प्रहरी सहायक निरीक्षक दशरथ प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले कालिन्जोरबाट परवानीपुरतर्फ आउँदै गरेको बाप्र०२–०३२ प ५९१२ नम्बरको आर वान फाइभ मोटरसाइकललाई चेकजाँचका लागि रोकेका थिए। प्रहरीले रोकेपछि मोटरसाइकलको पछाडि सवार व्यक्ति हाम फालेर भागेका थिए।

मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१४ निवासी २१ वर्षीय सञ्जित घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घिसिङको झोलाबाट रातो प्लास्टिकमा बेरिएको अवस्थामा ५ किलो ३३० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पक्राउ परेका घिसिङ, बरामद गाँजा र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ भने फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *