सिरहा कारागारमा कैदीहरूबीच झडप, १३ जना घाइते

सिरहा कारागारमा कैदीहरूबीच झडप, १३ जना घाइते

जनकपुरधाम । सिरहा जिल्ला कारागारमा आइतबार दिउँसो कैदीबन्दीहरूबीच झडप भएको छ। दिउँसो साढे ३ बजेतिर भएको घटनामा १३ जना कैदी घाइते भएका छन्।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार, कारागारभित्र आन्तरिक प्रशासनको नाइके चयन गर्ने विषयमा विवाद हुँदा झडप भएको हो।

घाइते सबैलाई प्रादेशिक अस्पताल सिरहामा उपचार गराइँदैछ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको बरालले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *