सर्लाहीको बलरा नगरपालिका-१० मा झडप : दुई पक्षबीचको विवादमा १३ जना घाइते

सर्लाहीको बलरा नगरपालिका-१० मा झडप : दुई पक्षबीचको विवादमा १३ जना घाइते

सर्लाही बैशाख २६ : सर्लाही जिल्लाको सीमावर्ती क्षेत्र बलरा नगरपालिका–१०, सुदामा टोलमा शुक्रबार भएको झडप ले तनावपूर्ण अवस्था सिर्जना गरेको छ। स्थानीय सुवोध पासवान र भोला पासवान बिच लामो समयदेखिको रिसिबीका कारण भएको झडप तथा कुटपिटमा दुबै पक्षका गरी १३ जना घाइते भएका छन्।

सुवोध पासवानको पक्षबाट ७० वर्षीय सुवोध, १५ वर्षीय शिवसागर, ४७ वर्षीय दिनेश, ३० वर्षीय हरेन्द्र, ७५ वर्षीय लखचन र १८ वर्षीय अंगद पासवान घाइते भएका छन् भने उनीहरूको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भैरहेको छ। यस्तै भोला पासवान तर्फ घाइते भएकाहरूमा ७० वर्षीय सन्तलाल हजारी, उनका छोरा ३५ वर्षीय रुपेश हजारी, ५१ वर्षीय मुकेश हजारी, भिनाजु भारतीय नागरिक ३५ वर्षीय वीरेन्द्र पासवान, २८ वर्षीया निक पासवान, २५ वर्षीया कामनी देवी र ३० वर्षीया पूजा देवी रहेका छन्।

उनीहरूलाई पनि उपचारका लागि प्रादेश राजधानी जनकपुर पठाइएको छ। प्रहरीले सबै घाइतेको टाउको र खुट्टामा चोट लागेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

झडपलगत्तै इलाका प्रहरी कार्यालय गडहीयाबाट पुगेको टोलीले अवस्थालाई नियन्त्रणमा लिएको र झडप भएको गाउँमा अहिले प्रहरी तैनाथ गरिएको जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *