बल्खुमा राप्रपाको प्रदर्शन : राजतन्त्र र हिन्दूराज्यको मागसहित विरोध कार्यक्रम

बल्खुमा राप्रपाको प्रदर्शन : राजतन्त्र र हिन्दूराज्यको मागसहित विरोध कार्यक्रम

काठमाडौं, चैत २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र पुनर्स्थापना र नेपाललाई हिन्दू राष्ट्र घोषणाका लागि काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गर्ने भएको छ। प्रदर्शनका लागि आवश्यक तयारी पूरा भइसकेको राप्रपाले जनाएको छ। स्वयमसेवक परिचालनसँगै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, मोहनकुमार श्रेष्ठ लगायतका शीर्ष नेताहरूले सोमबार साँझ बल्खु पुगेर प्रदर्शनस्थलको निरीक्षणसमेत गरेका छन्।

यसअघि भृकुटीमण्डपमा प्रदर्शनको तयारी भए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो स्थानमा अन्य समूहको कार्यक्रम रहेको जनाउँदै राप्रपालाई सिफलचौर वा बल्खुमा प्रदर्शन गर्न अनुरोध गरेको थियो। सो अनुरूप अब राप्रपाले बल्खुमा ठूलो जनसहभागिता सहित प्रदर्शन गर्नेछ। पार्टीले यो आन्दोलनलाई आफ्ना मूल मुद्दा – राजतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि जनदबाब सिर्जना गर्न महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।

राप्रपाको यो कदमले नेपालको वर्तमान धर्मनिरपेक्ष तथा गणतान्त्रिक संरचनाप्रति प्रश्न उठाउँदै वैकल्पिक राजनीतिक धारणा प्रस्तुत गर्न खोजेको देखिन्छ। प्रदर्शनमा उल्लेखनीय उपस्थिति र शक्तिप्रदर्शन हुने अनुमान गरिएको छ, जसले आगामी राजनीतिक बहसलाई पनि प्रभावित पार्न सक्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *