नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौँ, चैत ३ : नेपाल आयल निगमले पेट्रोल, डिजेल, र मट्टितेलको मूल्य समायोजन गरेको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले आइतवार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपियाँ तथा डिजेल र मट्टितेलमा ४ रुपियाँ मूल्य घटाउने निर्णय गरेको हो।

मूल्य घटेसँगै पेट्रोलको खुद्रा मूल्य:

पहिलो वर्ग: प्रतिलिटर रु. १६०.५०

दोस्रो वर्ग: प्रतिलिटर रु. १६२

तेस्रो वर्ग: प्रतिलिटर रु. १६३

डिजेल-मट्टितेलको खुद्रा मूल्य:

पहिलो वर्ग: प्रतिलिटर रु. १४८.५०

दोस्रो वर्ग: प्रतिलिटर रु. १५०

तेस्रो वर्ग: प्रतिलिटर रु. १५१

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको खरिद मूल्य घटेकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *