सुनसरी, चैत २ : सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्की यात्रु घाइते भएकी छन्।
मृत्यु हुनेमा विराटनगर–१० का २४ वर्षीय पुरन चौधरी रहेका छन्। प्रहरी नायब उपरीक्षक युवराज खतिवडाका अनुसार, इटहरीबाट विराटनगरतर्फ गइरहेको प्र १–०२–०४८प ३८७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक चौधरी र पछाडि सवार उदयपुर कटारी–२ की २८ वर्षीया उमा सुनुवार घाइते भएका थिए। उपचारका क्रममा चौधरीको मृत्यु भएको छ भने सुनुवारको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।