जनकपुरधाम : मधेस शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय यादव जनकपुरधाममा मृत फेला परेका छन्। सर्लाहीको मलङ्गवा नगरपालिकास्थित गम्भरिया घर भएका ३७ वर्षीय यादव जनकपुरधामस्थित मधेस प्रदेश भवनभित्र मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार यादव ओछ्यान नजिक वान्ता गरेको अवस्थामा फेला परेका थिए। हालसम्म उनको मृत्युको स्पष्ट कारण खुलेको छैन। शव परीक्षणका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो घटनाले मधेस प्रदेशका बासिन्दा तथा यादवका परिवारजनलाई स्तब्ध बनाएको छ। प्रहरीले मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अगाडि बढाइसकेको छ।