नेपाललाई मानवअधिकार परिषद्को सदस्य बनाउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको आग्रह

नेपाललाई मानवअधिकार परिषद्को सदस्य बनाउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको आग्रह

काठमाडौं, फागुन १५ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाललाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यका रूपमा मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी छन्।

जेनेभामा जारी संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सम्बोधन गर्दै, मन्त्री देउवाले सीमित स्रोत-साधनका बाबजुद नेपालले मानवअधिकार प्रवर्द्धनका क्षेत्रमा गरेका उपलब्धिहरूको कदर गर्दै नेपाललाई सन् २०२७-२०२९ का लागि सदस्यता प्रदान गर्न आग्रह गरिन्।

नेपालको संविधानले नागरिक स्वतन्त्रता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई मौलिक हकका रूपमा समेटेको उल्लेख गर्दै, नेपाल सरकार लोकतान्त्रिक मूल्य, कानुनी शासन, न्यायपालिकाको स्वतन्त्रता तथा मानवअधिकार संरक्षणमा पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले बताइन्।

नेपालले बाल अधिकार, महिला सशक्तीकरण, अल्पसङ्ख्यक तथा समावेशिता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको र शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंग्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

यसअघि, मन्त्री देउवाले राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रमा नेपाल सरकारको तर्फबाट सम्बोधन गरिसकेकी छन्। मन्त्री देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुगेकी थिइन् र शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *