नेपालमा समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर एकीकृत स्वास्थ्य ऐन ल्याइँदै

नेपालमा समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर एकीकृत स्वास्थ्य ऐन ल्याइँदै

काठमाडौँ, फागुन १५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले समग्र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न एकीकृत स्वास्थ्य ऐन ल्याउने तयारी भइरहेको बताएका छन्। बिहीबार २८औं स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवा ऐनको अन्तिम ड्राफ्ट तयारी भइरहेको जानकारी गराए।

उहाँका अनुसार स्वास्थ्यकर्मीहरूलाई दबाबरहित वातावरणमा काम गर्न सक्ने व्यवस्थासहित नयाँ ऐन आवश्यक भएकाले यसलाई शीघ्र लागू गरिनेछ। साथै, विकास समिति ऐन, औषधि ऐन लगायतका विभिन्न कानुनी संरचनाहरू निर्माणको तयारी भइरहेको छ।

चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले दबाबमा प्रभावकारी सेवा दिन नसक्ने भन्दै मन्त्री पौडेलले स्वास्थ्य संस्थामा सहज र सुरक्षित कार्य वातावरण आवश्यक रहेको बताए। दक्ष स्वास्थ्यकर्मीहरू विदेश पलायन हुने समस्यालाई रोक्न, भविष्य सुरक्षित गर्ने नीति, सेवासुविधा सुधार, तथा पदस्तर र तलब संरचना पुनरावलोकन गर्नुपर्ने उनको धारणा छ।

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले तीनै तहका स्वास्थ्यकर्मीहरूको मनोबल वृद्धि गर्न सरकार लागिपरेको उल्लेख गरे। साथै, मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलले स्वास्थ्य सेवा दिने सबै संस्थाहरूलाई एकीकृत संरचनामा ल्याउँदा मात्र प्रभावकारी सेवा प्रवाह हुन सक्ने बताए।

स्वास्थ्य सेवा ऐनको प्रभावकारी कार्यान्वयनका लागि ओएनएम सर्वेक्षण (Organization and Management Survey) गरेर दरबन्दी परिपूर्तिको आवश्यक निर्णय गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *