महाशिवरात्रिमा बागमती नदीमा मेलम्चीको १५ करोड लिटर पानी वितरण

महाशिवरात्रिमा बागमती नदीमा मेलम्चीको १५ करोड लिटर पानी वितरण

काठमाडौँ, फागुन १४ : मेलम्ची खानेपानी विकास समितिले महाशिवरात्रिको अवसरमा बागमती नदीमा करिब १५ करोड लिटर पानी वितरण गरेको छ। समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार मङ्गलबार राति १० बजेदेखि बिहीबार बिहान ८ बजेसम्म प्रतिसेकेण्ड आठ सय लिटर पानी प्रवाह गरिएको छ।

नियमित रूपमा मेलम्चीको पानी बागमतीमा पठाउने कार्य जारी रहेको उल्लेख गर्दै उनले विशेष चाडपर्वका अवसरमा थप मात्रामा पानी वितरण गरिने बताए। मेलम्ची आयोजनाको पानी बन्द हुने बेला बागमती धाप ड्यामबाट पानी ल्याइने भएकाले, अहिले सापटी स्वरूप पनि पानी प्रवाह गरिएको उनले जानकारी दिए।

मेलम्चीको पानी असार महिनामा बन्द गर्दा बागमती आयोजनाबाट धाप ड्यामको पानी प्रयोग गरिने भएकाले सोही अनुरूप अहिले मेलम्चीको पानी बागमतीमा बगाइएको छ। महाशिवरात्रिमा भक्तजनको सुविधाका लागि पानी वितरण गर्न लागिएको समितिले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *