काठमाडौँ, फागुन ९ : केशव पाण्डेको डेब्यु निर्देशनमा निर्माण भएको क्राइम थ्रिलर सिनेमा ‘११:५५’ (Do Not Trust Anyone) को पहिलो गीत ‘रोक्ने छैन्’ सार्वजनिक भएको छ। शुक्रबार रिलिज भएको गीतमा अल्मोडा राणा उप्रेती को शब्द, संगीत र स्वर रहेको छ भने सुमन परियारको पनि स्वर रहेको छ। गीतलाई अल्मोडाले नै एरेञ्ज गरेका छन्।
गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। भिडियोलाई सिनेमाका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, र डेब्यु अभिनेता सागर खनाल माथि फिल्माइएको छ। टिजरले दर्शकमाझ राम्रो छाप छोडेकाले सार्वजनिक गीतले पनि उत्कृष्ट प्रतिक्रिया पाउने विश्वास निर्माण टिमको छ।
‘११:५५’ मा एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी लगायतका कलाकारहरूको पनि अभिनय छ। सिनेमा क्राइम थ्रिलर जनरामा निर्माण भएको हो। यसका लेखकमा डेब्यु निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवाली छन्।
सिनेमामा अन्य प्राविधिक टिम निम्नानुसार छ:
- द्वन्द्व निर्देशन : देव महर्जन
- कलर ग्रेडिङ : राजेन्द्र मोक्तान
- साउण्ड डिजाइन तथा मिक्सिङ : शैलेश श्रेष्ठ
- सिनेमाटोग्राफी : रामशरण उप्रेती
- डिओपी : प्रद्युमन मिश्र
- सम्पादन : पासाङ दावा शेर्पा
- प्रोडक्सन डिजाइनर : सुवास राज काफ्ले
‘११:५५’ बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको हो। सिनेमाका निर्माता श्याम शर्मा र सरोजा शर्मा हुन्, भने कार्यकारी निर्माता एमएस अग्रज रहेका छन्। सिनेमाको वितरण कुवेर सिने डिष्ट्रीब्युसन प्रा.लि. ले गर्नेछ।
सिनेमाले सस्पेन्स, थ्रिल र आकर्षक कथा मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। टिजरले दर्शकमाझ राम्रो प्रभाव छोडिसकेको छ भने ‘रोक्ने छैन्’ गीतले सिनेमाप्रति झन् उत्सुकता बढाएको छ।