काठमाडौं, माघ २९ – नेपालमा सुनको मूल्य वृद्धि भई प्रतितोला १,७०,२०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य घटेर १,९४५ रुपैयाँ प्रति तोला कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला १,६९,६०० रुपैयाँमा कारोबार भएको सुन आज ६०० रुपैयाँले बढेर नयाँ मूल्य कायम भएको हो।
चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला १,९४५ रुपैयाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण सुनचाँदीको मूल्यमा परिवर्तन आएको महासङ्घले जनाएको छ।