गायिका एलिना चौहान र विष्णु सापकोटाबीच कानुनी सम्बन्धविच्छेद

गायिका एलिना चौहान र विष्णु सापकोटाबीच कानुनी सम्बन्धविच्छेद

काठमाडौं, माघ २९ – गायिका एलिना चौहान र विष्णु सापकोटाबीच कानुनी रूपमा सम्बन्धविच्छेद भएको छ। एलिनाले माघ दोस्रो साता जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्, जसलाई आज न्यायाधीश मोना सिंहको इजलासले टुंगो लगाएको हो।

अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए, किनकि विष्णु हाल अस्ट्रेलियामा बस्दै आएका छन्। एलिनाले अंश वा मानाचामलको दाबी नगरेकाले डिभोर्स प्रक्रिया छिटो टुंगो लागेको बताइएको छ।

एलिना चौहान र विष्णु सापकोटाले २०८१ साल वैशाखमा विवाह गरेका थिए, तर विभिन्न कारणले केही महिनामै उनीहरूको वैवाहिक सम्बन्ध टुंगिएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *