बाजुरामा महिनावारी भएका महिलामाथि अझै पनि कडा प्रतिबन्ध

बाजुरामा महिनावारी भएका महिलामाथि अझै पनि कडा प्रतिबन्ध

२८ माघ, काठमाण्डौ : बाजुराका अधिकांश गाउँमा महिनावारी भएका महिलाहरूलाई मठमन्दिर नजिकका बाटो हिँड्न रोक लगाउने परम्परा कायमै छ। स्थानीय धामीझाँक्रीले ‘महिनावारी भएकी महिलाले मन्दिर नजिक हिँडे देवीदेउता रिसाउँछन्’ भन्दै डर देखाउने गरेका कारण महिलाहरूले ती बाटो प्रयोग गर्न पाउँदैनन्।

बुढीगङ्गा नगरपालिका–१० का स्थानिए महिलाहरुको अनुसार, “वनमा घाँसदाउरा ल्याउन मठमन्दिरनजिकको बाटो जानुपर्ने भए पनि देउताको डरले हामीले कहिल्यै त्यो बाटो हिँड्न सकिनौ।”बाजुरामा महिनावारी भएका महिलाहरूलाई दुहुनो गाईभैँसी छुन समेत निषेध गरिएको छ, जसका कारण उनीहरूलाई घरमै पनि विभेदको सामना गर्नुपर्छ।

छाउप्रथा अन्त्य गर्न २०६७ सालदेखि विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन भए पनि यो कुप्रथा अझै हट्न सकेको छैन। २०७६ सालमा बुढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगलागी हुँदा आमासहित तीन जनाको ज्यान गएपछि छाउप्रथा उन्मूलनका लागि व्यापक अभियान चलाइए पनि सामाजिक मानसिकता फेरिन सकेको छैन।

महिनावारी भएका महिलालाई घरभन्दा टाढा छाउगोठमा बस्न बाध्य पार्दा उनीहरू बलात्कार र अन्य हिंसाका घटनामा परिरहन्छन्। छाउप्रथा अन्त्य गर्न ५११ वटा छाउगोठ भत्काइए पनि पुनः निर्माण भइरहेको जानकारी आएपछि स्थानीय प्रशासनले थप कारबाही गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलीपकुमार गिरीले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *