२७ माघ,काठमाडाैं। सुर्खेतको वीरेन्द्रनगरबाट भारतको प्रयागराज कुम्भ मेला जाँदै गरेको तिर्थयात्री बोकेको बस बबई नजिक दुर्घटना मा परेको छ।
भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस आइतबार साँझ करिब ५:३० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका उपपरीक्षक रूपेश खड्काले जानकारी दिनुभएको छ। बसमा करिब ४० जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्दारकार्य भइरहेको प्रहरीले जनाएको छ।