२७ माघ,काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवस २०८१ लाई जनताको दिवसका रूपमा मनाउने तयारी गर्न निर्देशन दिनुभएको छ।
आइतबार सिंहदरबारमा भएको बैठकमा उहाँले सरकारी कार्यक्रमहरू आदेश र निर्देशमा हुने, तर जनताको कार्यक्रम नहुने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनुभयो। उहाँले संविधान दिवस, प्रजातन्त्र दिवस, र लोकतन्त्र दिवसजस्ता जनताले ल्याएका उपलब्धिका दिनहरू जनस्तरबाट मनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
यस वर्ष फागुन ६, ७ र ८ गते नेपाल र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूमा दीपावली गर्ने निर्णय गरिएको छ। मुल समारोह समितिमा प्रधानमन्त्रीको अध्यक्षतामा सरकारका उच्च अधिकारीहरूको समावेश हुनेछ।