२७ माघ,काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल ले देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताएका छन्।
ललितपुर जिल्ला कमिटीको विस्तारित बैठक, सूर्य पत्रिका र सङ्गठन डायरी विमोचन कार्यक्रममा उनले वर्तमान राजनीतिक अस्थिरताका कारण उत्पन्न चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्दै, युवाहरूको निराश हटाउन तथा उत्पीडित वर्गलाई पार्टीतर्फ आकर्षित गर्न प्रभावकारी योजना आवश्यक रहेको बताए।
महासचिव पोखरेलले पार्टी संगठनलाई सुदृढ बनाउँदै वडास्तरमा तीन महिने अभियान सञ्चालन गरिएको जानकारी दिए। साथै, वामपन्थी जनमतलाई एकत्रित गर्दै संगठनलाई जनमुखी बनाउनुपर्नेमा उनले विशेष जोड दिए। वर्तमान सरकारको कार्यशैलीबारे बोल्दै उनले आर्थिक सुधार प्रक्रिया अघि बढेपनि लगानीका लागि अझै वातावरण बन्न बाँकी रहेको उल्लेख गरे।