अर्थतन्त्र सुधारका लागि सरकारको पहल, दीर्घकालीन कोष पूर्वाधारमा लगानी हुने

अर्थतन्त्र सुधारका लागि सरकारको पहल, दीर्घकालीन कोष पूर्वाधारमा लगानी हुने

२७  माघ, काठमाडौं : नेपालको अर्थतन्त्र सुधार गर्न सरकार सक्रिय रूपमा पहल गरिरहेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। नेपाल व्यवस्थापन संघको ४४औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा उनले सार्वजनिक–निजी साझेदारी र निजी क्षेत्रको लगानी प्रवर्द्धन गरी आर्थिक सबलीकरणलाई तीव्रता दिने बताए।

कार्यक्रममा राष्ट्रिय बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाल, कर्मचारी सञ्चय कोषका प्रशासक जीतेन्द्र धिताल, त्रिभुवन विश्वविद्यालयकी पूर्व डीन डा. कुसुम शाक्य, तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले दीर्घकालीन कोष परिचालन र परियोजना कार्यान्वयन क्षमताको विषयमा महत्वपूर्ण धारणा राखे।

नेपालमा रु १५ खर्बभन्दा बढी कोष विभिन्न अवकाश योजनाहरू (रिटायरमेन्ट फण्ड) मा सञ्चय रहेको छ, जसमा रु ८ खर्ब अवकाश कोषमा मात्र छ। हालसम्म औसतमा ८% मात्र पूर्वाधार क्षेत्रमा लगानी भएको देखिन्छ। कर्मचारी सञ्चय कोषले १६.५% हिस्सा ऊर्जा, रियलस्टेट, र पर्यटन क्षेत्रमा लगानी गरेको छ, जबकि जीवन बीमा कोषको पूर्वाधार लगानी न्यून छ।

सरकारले विश्वसनीय परियोजनाहरूको पहिचान गरी निजी तथा सार्वजनिक क्षेत्रको दीर्घकालीन कोषलाई पूर्वाधार विकासमा लगानी गराउने रणनीति बनाउँदैछ। यसै क्रममा, ‘म्यानेजर अफ द इयर अवार्ड’ उर्मिला श्रेष्ठ लाई प्रदान गरियो। दीर्घकालीन कोष परिचालनले रोजगारी वृद्धि, आर्थिक उत्पादनशक्ति अभिवृद्धि, र पूर्वाधार विकासलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *