२७ माघ ,काठमाडौं : पछिल्लो समय नेपाली संगीत क्षेत्रमा नयाँ र रोचक कामहरू भइरहेका छन्, जसले श्रोता र दर्शकहरूलाई नवीन अनुभव प्रदान गरिरहेको छ। यसै क्रममा, फेब्रुअरी २, २०२५ मा सार्वजनिक भएको ‘जाने भए जाम कान्छी’ बोलको म्युजिक भिडियोले पनि संगीतप्रेमीहरूको ध्यान तानेको छ। यो गीतले मानव बेचबिखनजस्तो गम्भीर अपराधको वास्तविकता उजागर गर्दै समाजमा चेतना फैलाउने प्रयास गरेको छ।
यो म्युजिक भिडियो नेपालगन्ज बसपार्क देखाउदै सुरु भएको छ,जहाँ बस काउन्टरमा टिकट लिइरहेका युवाहरू देखिन्छन्, र दुई युवतीहरू बसबाट ओर्लिरहेको देखिन्छ। कथाको अन्तिममा युवाहरूले ती युवतीहरूलाई फकाएर भारतीय दलाललाई बेच्ने दृश्य प्रस्तुत गरिएको छ, जसले मानव बेचबिखनको कटु यथार्थलाई उजागर गर्छ।
यस गीतका शब्द, संगीत तथा स्वर गोपाल नेपाल जीएमको रहेको छ भने अन्नु चौधरी र जितेश थापाको गायन छ। संगीत संयोजन केशब बादु, मिक्सिङ/मास्टरिङ कुमार राना, रेकर्डिस्ट सुमन राना, र पोस्ट-प्रोडक्सन RKC Pvt Ltd द्वारा गरिएको देखिन्छ।
भिडियो निर्देशन नवराज सुवेदीले गरेका छन् भने मुख्य कलाकारहरूमा गोपाल नेपाल जीएम, पूजा बुढा, जितेश थापा, र अञ्जु काफ्ले रहेका छन्। सिनेम्याटोग्राफी, सम्पादन तथा रङ संयोजन रामु चौधरीद्वारा गरिएको छ , र मेकअप आर्टिस्टमा अमृता राजबिर रहेकी छन्।
भिडियोको अन्त्यमा यस्तो घन्य अपराध नगर्न र अरूलाई पनि गर्न बाट रोक्न अनुरोध गरिएको छ। यसले दर्शकमाझ सकारात्मक प्रतिक्रिया दिइरहेको छ र सामाजिक रूपान्तरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
संगीत उद्योगमा हालै विभिन्न नयाँ र रोचक कामहरू भइरहेका छन्। ‘जाने भए जाम कान्छी’ पनि यस्तै नवीनतम सिर्जनाहरूको उत्कृष्ट उदाहरण बनेको छ। यसले संगीत प्रेमीहरूलाई आकर्षित गर्नुका साथै मानव बेचबिखनजस्तो घिनलाग्दो अपराधप्रति सचेतना जगाउने काम गरेको छ।