सभापति डीपी अर्यालको आरोप – ‘सरकारले रवि लामिछाने माथि प्रतिशोध साँध्यो’

रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालको आरोप – ‘सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँध्यो’

२५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले पार्टी सभापति रवि लामिछाने माथि सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन्। उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै सार्वभौम संसद्ले समेत सरकारको यस रवैयालाई मौन समर्थन गरेको हो कि भन्ने आशंका व्यक्त गरे।

उनका अनुसार, चौथो ठूलो दलका सभापतिलाई प्रतिशोधपूर्वक कारबाही गरिनु सरकारका लागि महँगो सावित हुन सक्ने चेतावनी दिए। साथै, उनले सभामुख देवराज घिमिरेसँग लामिछानेको सांसद पद निलम्बन फुकुवाका लागि अनुरोध गरे।

अर्यालले संविधान र कानुनी व्यवस्थाअनुसार थुनामा नरहेका सांसदहरूको पद निलम्बन हुन नपर्ने भएकाले सभामुखले यथाशीघ्र निर्णय लिनुपर्ने धारणा राखे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *