२४ माघ काठमाडौं । संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन्। राष्ट्रियसभामा अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी रहेको भन्दै सरकार निर्णयबाट पछि हटेको हो।
सत्तारुढ दलका एक नेताका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची नै फेरिएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाएका छन्।
प्रधानमन्त्रीको निर्देशन अनुसार आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने निर्णय गरिएको हो।