भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना भए पनि काम सुरु हुन साकेन

भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना भए पनि काम सुरु गर्न नसक्ने

२४ माघ, झापा : भूमि समस्या समाधान आयोग झापाले कार्यालय स्थापना गरे पनि काम सुरु गर्न नसकेको जनाएको छ। जिल्ला समन्वय समिति चन्द्रगढीको माथिल्लो तलामा कार्यालय स्थापना गरिएको छ।

आयोगका जिल्ला अध्यक्ष मदन अधिकारीले पहिलाको आयोगले गरेको कामलाई निरन्तरता दिने बताए। उनले भने, “विगत एक महिना अघि सरकारले आयोगका जिल्ला अध्यक्ष नियुक्ति गरे पनि सदस्यहरूको नियुक्ति र कर्मचारी व्यवस्थापन हुन नसक्दा काम सुरु गर्न नसकेको जनाएका छन्।”

आयोगले भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको मुद्दामा विगतको आयोगले गरेको काम अध्ययन गरिरहेको छ र समितिले पूर्णता पाएसँगै काम तीव्र रूपमा अघि बढाउने योजना रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *