२४ माघ, काठमाडौं : गृह मन्त्री रमेश लेखकले सर्लाहीमा सत्येन्द्र र नेहाको अन्तरजातीय विवाहको घटनामा उठेका प्रश्नहरूको जवाफ दिएका छन्। उनले भने कि समाचारमा आएको जानकारी अनुसार गृहमन्त्रीको निर्देशनमा अत्याचार भएको कुरा पूर्ण रूपमा कपोकल्पित र असत्य थियो। उनले थपे, “समाचार थाहा पाएपछि मैले गृह मन्त्रालयको तर्फबाट स्पष्टीकरण दिएको थिए र नेपाल प्रहरीलाई तथ्य सार्वजनिक गर्न निर्देशन दिएको थिए।”
मन्त्री लेखकले भने, “तथापि यदि कुनै त्रुटि देखिन्छ भने छानबिन गर्न तयार छु र नेहा र सत्येन्द्रको सुरक्षा सुनिश्चित गर्न म प्रतिवद्ध छु।” उनले बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिने क्रममा अन्तरजातीय विवाहलाई कानुनी रूपमा मान्यता प्राप्त भएको र यसको कार्यान्वयनको जिम्मेवारी गृह मन्त्रालयको भएको स्पष्ट पारे।
सर्लाहीका सत्येन्द्र कुमार राम चमार र नेहा रौनियारमाथि अन्तरजातीय विवाह गरेको कारण अत्याचार गरिएको भन्ने समाचारको बारेमा सांसदहरूले गृहमन्त्रीसँग जवाफ मागेका थिए। सांसदहरूको भनाइ थियो कि यस घटनामा राज्यशक्तिको दुरुपयोग गरिएको छ।