राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आगामी संसद बैठकमा रवि लामिछानेको विषय उठाउने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलले आगामी संसद बैठकमा पनि सभापति रवि लामिछानेको विषयलाई प्रमुख एजेन्डाका रूपमा उठाउने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकमा संसदमा दर्ता भएका विधेयकहरू, अध्यादेशहरू तथा आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयहरूबारे छलफल भएको थियो।

पार्टी सचेतक निशा डाँगीका अनुसार बैठकमा सभापति लामिछानेको मुद्दालाई निरन्तर रूपमा संसदमा उठाइरहने सहमति भएको छ। साथै, संसदमा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरूको नाम समेत टुंगो लगाइएको छ। रास्वपाले लामिछानेको विषयलाई संसदमा निरन्तर जोड दिँदै आइरहेको छ, जसका कारण यो मुद्दा थप चासोको विषय बन्न पुगेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *