बाँकेमा चिसो बढेपछि ज्येष्ठ नागरिकलाई कम्बल र आगो ताप्ने प्रबन्ध

बाँकेमा चिसो बढेपछि ज्येष्ठ नागरिकलाई कम्बल र आगो ताप्ने प्रबन्ध

बाँके । नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसँगै चिसो बढेपछि स्थानीय तहले ज्येष्ठ नागरिक र चिसोबाट प्रभावित समुदायलाई राहत प्रदान गर्न विभिन्न कदम चालेका छन्।

बाँकेका आठ स्थानीय तहसँगको समन्वयमा विभिन्न चोकमा दाउरा बालेर आगो ताप्ने व्यवस्था गरिएको छ। जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार, चिसोबाट प्रभावित नागरिकलाई सुरक्षित राख्न कोहलपुर नगरपालिकाका सबै वडाका १४० स्थानमा दाउरा वितरण गरिएको छ।

थप रूपमा, जिल्लाका विभिन्न पालिकामा हालसम्म चार सय ७५ कम्बल वितरण गरिएको जानकारी दिइएको छ। ज्येष्ठ नागरिक, अशक्त व्यक्ति, र विपन्न परिवारलाई प्राथमिकतामा राखेर कम्बल वितरणको कार्यक्रम जारी रहेको छ।

चिसोबाट हुने सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहले आपतकालीन सहयोग योजनाहरू सञ्चालन गर्दै आएका छन्। बाँके जिल्लामा चिसोका कारण प्रभावित समुदायलाई थप सहयोग पुर्‍याउन स्थानीय तहले सबै नागरिकलाई सजग रहन अपिल गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *