कपिलवस्तुमा स्रोत नखुलेको ६ लाख नगदसहित तीनजना पक्राउ

कपिलवस्तुमा स्रोत नखुलेको ६ लाख नगदसहित तीनजना पक्राउ

कपिलवस्तु । कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित तीनजनालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमा कृष्णनगर नगरपालिका–१ मडाहा निवासी ४२ वर्षीय गणेश प्रसाद यादव, रूपन्देही तिलोत्तमा नगरपालिका–१२ निवासी २८ वर्षीय श्री बहादुर छन्त्याल, र अर्घाखाँची पाणिनी गाउँपालिका–३ निवासी २८ वर्षीय वीर बहादुर कुमाल रहेका छन्।

अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५५ एडि ०१३४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक गणेश प्रसाद यादवबाट ४ लाख रुपैयाँ बरामद गरेको थियो। साथै, पैदलयात्रा गरिरहेका श्री बहादुर छन्त्यालबाट थप २ लाख रुपैयाँ फेला परेको थियो।

थप अनुसन्धानको क्रममा वीर बहादुर कुमाल समेत यस घटनामा संलग्न रहेको खुलासा भएको छ। तीनै जनालाई नियन्त्रणमा लिई प्रहरीले स्रोतबारे अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार, यस्तो अवैध गतिविधिले सीमा क्षेत्रमा हुने आर्थिक अपराधमा संलग्नताको संकेत गर्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *