मेयर हर्क सम्पाङ : रित्तो गाग्री बोकेर संघीय सरकारलाई दबाब दिने योजना

मेयर हर्क सम्पाङ : रित्तो गाग्री बोकेर संघीय सरकारलाई दबाब दिने योजना

काठमाडौं: धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ संघीय सरकारलाई दबाब दिन रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका छन्। उनले धरानको दीर्घकालीन खानेपानी समस्या समाधान नगरेको भन्दै सरकारलाई सचेत गराउन यस्तो कदम चालेका हुन्।

यसअघि, मेयर सम्पाङले धरानको भानुचोकमा रित्तो गाग्री प्रदर्शन गरेका थिए। अब मंगलबार उनले सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्ने योजना बनाएका छन्।

धरानमा खानेपानी अभाव पुरानै समस्या भए पनि समाधानको स्थायी उपाय खोजिएको छैन। धरानमा ४१ वर्षसम्म पानी वितरण गर्दै आएको खानेपानी संस्थान विस्थापित भई २०७७ सालमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरिएको थियो, तर समस्या भने अझै यथावत् छ।

खानेपानी अभावले धरानमा बारम्बार विवाद सिर्जना हुने गरेको छ। स्थानीय बासिन्दाले पटक-पटक समाधानको माग राखे पनि हालसम्म कुनै ठोस योजना अघि बढ्न सकेको छैन।

यो पनि ……

खानेपानीमन्त्री प्रदीप यादवको वैकल्पिक पानी व्यवस्थापन र डिजिटल निगरानी योजना
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *