काठमाडौं: निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको संवेदनशील विषयलाई समेटेर नयाँ चलचित्र ‘दुःखी आत्मा’ निर्माण गरेका छन्। आगामी फागुन २ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रको प्रचारप्रसार अहिले तीव्र बनेको छ। निर्देशक लामाले यौन स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयमा नेपालमा कमै मात्रामा चर्चा भएकोले चलचित्र तयार गरेको बताए।
लामाले भने, “मैले सामाजिक विषयलाई चलचित्रमा समेट्दै आएको छु। यौन स्वास्थ्यका विषयमा विदेशमा प्रशस्त चलचित्र बने पनि नेपालमा भने खासै निर्माण भएका छैनन्। त्यसैले यो चलचित्र तयार गर्ने प्रेरणा पायँ।”
चलचित्र ‘दुःखी आत्मा’ सार्वजनिक टिजर र ‘ब्रेकअप कविता’ चर्चा बटुल्दै छन्। मुख्य पात्र कवि भएकाले चलचित्रमा साहित्यिक प्रस्तुतीकरण गरिएको छ। निर्देशक लामाका अनुसार, यो चलचित्रमा उमेर बितिसकेपछि अविवाहित रहेका पात्रको मनोविज्ञान, सामाजिक डर, र यौन स्वास्थ्यसम्बन्धी जटिलतालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ। “मनोरञ्जनसँगै यो चलचित्रले दर्शकलाई सोच्न बाध्य पार्नेछ,” लामाले भने।
‘एडल्ट ड्रामा’ भनिएको यस चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राईलगायत चर्चित कलाकारले अभिनय गरेका छन्। हिमाल कडरिया निर्मित चलचित्रमा आलोक शुक्लाको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।
यो पनि …..