सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान रोकिएपछि वायुसेवा कम्पनीहरूको चेतावनी

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान रोकिएपछि वायुसेवा कम्पनीहरूको चेतावनी

२ माघ, काठमाडौं। सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान रोकिएपछि वायुसेवा कम्पनीहरूले कडा असन्तुष्टि जनाएका छन्। उनीहरूले समस्या समाधान नभए ९ माघपछि सोलुखुम्बु जिल्लाभित्र हवाईजहाज उडान पूर्ण रूपमा स्थगन गर्ने चेतावनी दिएका छन्। स्थानीय तहले १ जनवरी २०२५ देखि व्यावसायिक हेलिकप्टर उडान रोक्ने निर्णय गरेपछि यो विवाद सुरु भएको हो।

हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूले २१ पुसदेखि उडान स्थगित गरेका थिए, जसको असर पर्यटन तथा आपतकालीन उद्धार सेवामा परेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हेलिकप्टर उडान रोक्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिए पनि विभिन्न हेलिप्याडमा अवरोध कायमै रहेको छ। यसैबीच, खुम्बु पासाङल्हामु गाउँपालिकाले २५ पुसमा फेरि उडान रोक्ने निर्णय गरेपछि विवाद झन् जटिल बनेको छ।

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान रोकिएपछि वायुसेवा कम्पनीहरूको चेतावनी

वायुसेवा सञ्चालक संघले सर्वपक्षीय छलफल, संवाद र समन्वयबाट समस्या समाधान गर्न आग्रह गरेको छ। उनीहरूले समयमै समाधान नभए पर्यटन, स्थानीय व्यवसाय र हवाई सेवामा गम्भीर असर पर्ने भन्दै सरकारलाई पहल गर्न आग्रह गरेका छन्। यदि ९ माघभित्र समाधान ननिस्किए, भने वायुसेवा कम्पनीहरूले हवाईजहाज उडान रोक्न बाध्य हुने चेतावनी दिएका छन्।

यो पनि …..

बढ्यो हेलिकप्टरको भाडा, अब कहाँ जान कति लाग्छ ? (सुचीसहित)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *