देशभर पाँच महिनामा १,११६ आगलागी, १६ जनाको मृत्यु, ५० करोड क्षति

देशभर पाँच महिनामा १,११६ आगलागी, १६ जनाको मृत्यु, ५० करोड क्षति

काठमाडौं । देशभर पछिल्ला पाँच महिनामा १,११६ आगलागी भएका घटना सार्वजनिक भएको छन्, जसमा १६ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते भएका छन्।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीका अनुसार आगलागीका कारण १९० घर, १३० गोठ, १ सरकारी कार्यालय र ४५५ पशुचौपायामा क्षति पुगेको छ। २९ परिवार विस्थापित भएका छन् भने कुल ५० करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ।

प्रदेशगत आगलागी विवरण:

  • कोशी प्रदेश – ३३१ घटनाहरू (सबैभन्दा बढी)
  • मधेस प्रदेश – २६९
  • बागमती प्रदेश – ७०
  • काठमाडौं उपत्यका – १४०
  • गण्डकी प्रदेश – ८१
  • लुम्बिनी प्रदेश – ११४
  • कर्णाली प्रदेश – ५१
  • सुदूरपश्चिम प्रदेश – ६०

आगालागी नियन्त्रणका प्रयास:

प्रहरीका अनुसार आगलागी नियन्त्रणका लागि ८,००० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का प्रवक्ता डा. डिजन भट्टराईका अनुसार, हिजोमात्रै देशभर १९ ठाउँमा आगलागी भएका छन्, जसमा २ जना घाइते भएका छन्।

सुरक्षा सतर्कता अपनाउन आग्रह

प्राधिकरणले विद्युत् सर्ट, ग्यास चुहावट, आगो ताप्ने असावधानी जस्ता कारणले आगलागी बढिरहेको भन्दै विद्युत् र ग्यासको प्रयोग गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

यो पनि ……..

कुवेतको माङ्गाफस्थित मजदुर बस्ने एक क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु

गुजरातको राजकोटमा आगलागी, २७ जनाको मृत्यु, बालबालिका प्रभावित

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *