रोल्पामा पिकअप दुर्घटना: एकजनाको मृत्यु

रोल्पा ,पौष२७ : रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना हूदा चालकको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइतेभएका छन्। रोल्पाको माडी गाउँपालिका-१ भितावाङबाट तुलसीपुरतर्फ गइरहेको रा१च ८६८७ नम्बरको पिकअप गाडी शुक्रबार त्रिवेणीगाउँपालिका-४ मथुरापानी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सोही गाडीमा सवार तीनजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको उद्धार गरीतत्काल उपचारको लागि दाङ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्रेक फेल भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाको थप विवरणका लागिअनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *