संविधानको कार्यान्वयनमा गम्भीर बनौँ : अध्यक्ष दाहाल

संविधानको कार्यान्वयनमा गम्भीर बनौँ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरू खोज्न भौँतारिन नहुने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पहिला संविधानमा भएका विषयहरू कार्यान्वयन गर्नेकुरामा जोड दिन जरुरी रहेको बताए । 

उनले संविधानको कार्यान्वयनमा गम्भीर बन्न सुझाव दिए । उनले संविधान कार्यान्वयनका क्रममा आएका अप्ठ्याराहरूको विकल्पमा जान सकिने बताए । अध्यक्ष दाहालले केही कानुन बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महसुस गरेको बताए । राष्ट्रिय सभाको समिति र सभाको बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्न नपरेको बताए ।

उनले भने, ‘संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुको सट्टा अपुग भए भनेर अरू नै चिज खोज्न हामी भौँतारिएका छौँ । यो अलि गम्भीर विषय हो । पहिला संविधानमा भएका विषयहरू कार्यान्वयन गर्नेकुरामा हामी गम्भीर बन्नसकौँ ।

तिनलाई कार्यान्वयन गर्न जाँदा समस्या भयो भने अन्य विषय खोज्ने हो । भएका विषय कार्यान्वयन नगरीकन हामी अन्त भड्किन थाल्यौँ भने राम्रो हुँदैन । हामीले हाम्रा कार्यभार पूरा गर्न संविधानमा उल्लेख भएका कुराहरू कार्यान्वयन नभएको हुनाले प्रदेशबाट आएका विषयहरू त्यही छन् ।’

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *