काठमाडौँ । पछिल्लो समय संगीतको क्षेत्रमा नयाँ र रोचक कामहरू भइरहेका छन्, जसले श्रोता र दर्शकहरूलाई नयाँ अनुभव दिलाइरहेको छ। हालै सार्वजनिक भएको नयाँ म्यूजिक भिडियो ” लोभ्याउने जोवन ” ले पनि संगीत प्रेमीहरूलाई आकर्षित गरेको छ। यस भिडियोमा जनक देवकोटा (JD) र अस्मिता अधिकारीको आवाज रहेको छ भने यसको लिरिक्स गौरव हमालले लेखेका छन्।
संगीतकार जनक देवकोटा (JD) ले यो गीतको संगीत संयोजन गरेका छन् भने गौरव हमाल ,गीता ढुंगाना,सुष्मा श्रेष्ठको अभिनय रहेको ” लोभ्याउने जोवन ” गीतको म्युजिक भिडियो पुस ९ गते सार्वजनिक भएको हो ।
उक्त गीत Dynamic रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको हो। Milan Mishra Association Of KALA HUB को निर्माणमा बिरेन काफ्लेले निर्माण गर्नु भएको ” लोभ्याउने जोवन ” म्युजिक भिडियोको निर्देशन/ कोरियोग्राफी रोशन बिशोकर्माले गरेका छन् भने सहायक निर्देशनमा श्याम पटेल रहेका छन ।
सिनेमाटोग्राफी प्रकाश खड्काले गरेका छन् । यस्तै, गीतको भिडियो सम्पादनमा मिलन बिशोकर्मा छन भने ग्राफिक्स Subas Shah Sd House बाट गरिएको छ । मिक्स / मास्टरिङमा बिमल छिनल रहेका छन् ।छायांकन,क्यामेरा र लाइट क्रुहरू उत्तम हुमगाइ तथा उहाको टिमले ब्यवस्थापन गर्नु भएको छ।
त्यस्तै संगीतलाइ मनमोहक तथा सुनिरहु लाग्ने बनाउन रतन बि.कले बासुरीले स्वर थप्नु भएको छ भने मादल तथा गितारले पोसन घर्ती मगर तथा संजीव बराइलीले स्वर थप्नु भएको छ ।श्रींगारमा कबिन खड्का रहेका छन् । भिडियोमा गौरब हमाल ,गीता ढुंगाना सुष्मा श्रेष्ठले निकै सुन्दर अभिनय गरेका छन् । म्युजिक भिडियो KALA HUB युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
सुझन तोलाङ्गी को उत्पादन नेतृत्वमा तयार भएको यो म्यूजिक भिडियो सबै प्रकारका दर्शकका लागि आकर्षक र मनोरञ्जक रहेको छ।
संगीतको उत्कृष्ट संयोजन र भिडियोलाई प्रस्तुत गर्ने कला एकदमै प्रभावकारी रहेको छ, जसले भविष्यमा अझ धेरै सफलता प्राप्त गर्ने अनुमान छ। यो म्यूजिक भिडियो बिरेन काफ्ले द्वारा निर्मित गरिएको हो