काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको पर्सामा एकैदिनमा बयान सकिएको छ ।
लामिछानेलाई वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिइएको हो । पर्सामा सरकारी वकिलको रोहबरमा प्रहरीले लामिछानेलाई ५४ प्रश्न सोधेको थियो ।
पोखराको सूर्य दर्शन सहकारी ठगी आरोपमा ५३ दिनअघि पक्राउ परेका उनलाई प्रहरीले अरू चार वटा सहकारी ठगीमा अनुसन्धानको दायरामा ल्याएको थियो ।