नारायण गोपाल स्मृति पुरस्कार कुमार बस्नेत, बुलु मुकारुङ र शिवशंकर थापालाई

१९ मंसिर, काठमाडौं। यसवर्षको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार तीनजना स्रष्टालाई प्रदान गरिएको छ ।

स्वरसम्राटको ३४औं स्मृति दिवसको अवसरमा नारायण गोपाल संगीत कोषले बुधबार गायक कुमार बस्नेत, संगीतकार बुलु मुकारुङ र कवि तथा गीत रचनाकार शिवशंकर थापालाई नारायण गोपाल स्मृति सम्मान २०८१’ प्रदान गरिएको हो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित समारोहमा उनीहरूलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो । नेपाली संगीतमा महत्वपूर्ण योगदान पुर्‍याउने कलाकारलाई वर्षेनी सम्मान प्रदान गरिन्छ ।

उक्त कार्यक्रममा विभिन्न गायक-गायिकाले नारायण गोपालका कालजयी गीत प्रस्तुत गर्दै स्मरण गरेका छन् । पूर्ण अर्केस्ट्राका साथ नयाँ तथा पुराना गायक–गायिकाको स्वरमा नारायण गोपालका गीतलाई प्रस्तुत गरिएको थियो ।

१९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो । २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा उत्तीर्ण गरेका उनका दर्जनौं गीत कालजयी छन् ।



Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *