काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगरपालिकामा सघाउने निर्णय लिन अझै सकेको छैन । रास्वपाले आफ्नो उम्मेदवार नउठाएको कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारलाई सघाउने निर्णय लिएको थियो ।
रास्वपाले स्वतन्त्रबाट कुन उम्मेदवारलाई सघाउने निर्णय लिन नगर समितिलाई अधिकार दिएको छ । चार स्वतन्त्र मध्येबाट एक जनालाई समर्थन गर्ने रास्वपाका कीर्तिपुर सभापति जयराम कार्कीले जानकारी दिए ।
राजमान महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारी र डा नवरथकुमार बानियाँ मध्येबाट एक जनालाई समर्थन गर्ने रास्वपाका नगर सभापति कार्कीले जानकारी गराए।
‘चार जना स्वतन्त्र मध्येबाट एक जनालाई समर्थन गर्छौं। जुन उम्मेदवार बलियो उसलाई भोलि÷पर्सीमा समर्थन गर्छौं’, कार्कीले भने । स्वतन्त्रबाट कीर्तिपुरमा ११ जनाले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार दिनेश श्रेष्ठले राजमानलाई सघाउने भएका छन् ।
उम्मेदवारका लागि पार्टीबाट सिफारिस भएपनि रास्वपाले उम्मेदवार नउठाउने निर्णय लिएको थियो । आफ्नो उम्मेदवार नहुँदा स्वतन्त्रलाई सघाउने निर्णय लिन पार्टीले नगर समितिलाई जिम्मेवारी दिएको थियो।