प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना – Online Khabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद शर्मा अस्वस्थ भएका छन् । उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालमा उपचाररत बुवाको स्वास्थ्यावस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिएका छन् । ओलीले बुवालाई फोक्सोसम्बन्धी समस्या भएर अस्पतालमा उपचार गर्नुपरेको सामाजिक सञ्जालमा खुलाएका छन् ।

उनले अहिले बुवा मोहनप्रसाद शर्माको स्वास्थ्य स्थिति सामान्य रहेको पनि जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *