लाखौं लाग्छ भनेर अस्पतालले उपकरण थन्कायो, आविष्कार केन्द्रले विनाखर्च बनायो

सरकारी अस्पतालमा मर्मत गर्न सकिने उपकरणलाई थन्काएर  नयाँ खरिद गरिन्छ  भनि  थन्काइएका उपकरणलाई राष्ट्रिय  आविष्कार केन्द्रले सामान्य मर्मत गरेर पुनः प्रयोग गर्न मिल्ने बताएको छ ।

भदौंमा सम्झौता सहित बिग्रिएका उपकरण मर्मत गर्ने जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको थियो । मर्मत गर्न लाखौं पर्छ भनेरकोठाभित्र ताला लगाएर राखिएका उपकरण केन्द्रले विनाखर्च सञ्चालनमा ल्याएको छ ।

‘सात लाख पर्छ भनेर थन्काइएको ब्रोन्कोस्कोपलाई विना खर्च सञ्चालन गर्न सकियो । एक करोडभन्दा बढी मूल्य पर्ने सी–आर्ममेसिनलाई ५० हजारमै बनाइयो,’ आविष्कार केन्द्र प्रमुख डा. महाविर पुनले भने, ‘अस्पतालमा बिग्रेका करिब ५० प्रतिशत जति उपकरणकुनै खर्च नगरिकन मर्मत भएका   छन् ।’

आविष्कार केन्द्रले

करिब ३० प्रतिशत जति उपकरण स्थानीय बजारमै पाइने सामान्य पार्टपुर्जा फेरेर मर्मत भएका छन्,’ डा. पुन थप्छन्, ‘करिब २० प्रतिशतजति उपकरण मात्र विदेशबाट नै पार्टपुर्जा मगाएर मर्मत गर्नुपर्ने छ । ५० प्रतिशत त विना खर्चमा मर्मत गरिएको छ ।

थप पढ्न यहा थिच्नु होला 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *