सप्तकोशीमा खसेको बसबाट सबै २० यात्रुको उद्धार

सप्तकोशीमा खसेको बसबाट सबै २० यात्रुको उद्धार

सप्तकोशीमा खसेको बसबाट सबै २० यात्रुको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे बसबाट २० जनालाई उद्धार गरेर उपचारका लागि पठाइएकाे जानकारी दिए ।

विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलकाे ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियाे ।

तीव्र गतिमा रहेकाे बस साझ ६ बजे चिप्लिएर नदीमा खसेकाे थियाे । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । नदीमा खसेकाे बस निकाल्ने प्रयास भइरहेकाे एसपी रेग्मीले बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले बसमा सवार २० जनाको उद्धार गरी नजिकको अस्पतालहरुमा उपचारमा पठाएको बताए ।

‘चालक र अन्य यात्रुसँग सोधपुछ गर्दा २० जना मात्र सबार रहेको बुझियो । तर पनि हामीले अझै खोजविन जारी राखेका छौं । उद्धार गरिएकाहरु सबै सकुशल हुनुहुन्छ । चोटपटक लागेर स्थानीय अस्पतालहरुमा उपचारको लागि भर्ना गरिएको छ’, प्रजिअ मगरातीले भने ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *